मतदातालाई रुखमा मतदान गर्न सिकाउने सर्लाहीका एक मतदान अधिकृत बर्खास्त गरिएको छ।
सर्लाहीको बलरा नगरपालिका ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको हो।
रुखमा मतदान गर्न मतदातालाई सिकाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए।
घटनापछि मतदान प्रकृया स्थगित भएको थियो।
सर्वदलीय बैठकमा साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान गराउन सहमति भएको थियो।
सो सहमति अनुसार सहायक मतदान अधिकृत राम प्रवेश साहलाई कामु मतदान अधिकृतको जिम्मेवारी दिएर मतदान सुरु गरियो।
186
Shares
प्रतिक्रिया