नमूना मतपत्रमा चुनाव चिह्न राख्ने लिखित प्रतिवद्धता पश्चात जनकपुरधाम उपमहानगरमा सत्ता गठबन्धनका बागी प्रमुख पदका उम्मेदवार मनोज कुमार साहले धर्ना स्थगित गरेका छन्।
आज साँझसम्म निर्वाचन आयोगको वेबसाइटमा नमूना मतपत्रमा घण्टाघर राख्ने निर्वाचन अधिकृतको कार्यालयले प्रतिवद्धता जनाएपछि उनले धर्ना स्थगन गरेका हुन्।
नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका साहलाई निर्वाचन अधिकृतको कार्यालयले घण्टाघर चुनाव चिन्ह दिएको थियो।
तर, धनुषाको नमूना मतपत्रमा उनको घण्टाघर चुनाव चिह्न नदेखिएपछि उनी आज बिहान निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका थिए।
गठबन्धनमा जनकपुरका प्रमुख जसपाको भागबन्डामा परेपछि कांग्रेसका नगर अध्यक्ष साह असन्तुष्ट हुँदै विद्रोह गरेर प्रमुख पदमा बागी उम्मेदवारी दिएका हुन्।
Shares
प्रतिक्रिया