चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको अत्याधुनिक फिचर्ससहितको इन्भर्टर एअर कन्डिसनर नेपाली बजारमा सार्वजनिक गरेको छ।
जाडो र गर्मी दुवै मौसममा उपयोगी यो एअर कन्डिसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्डजस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरु रहेको कम्पनीले जनाएको छ।
यसको गो क्लिन टेक्नोलोजीले एअर कन्डिसनरमा टाँसिएको धूलो र फोहोरहरु आफैँ पखाल्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यसले गर्दा एअर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिँदैन, गन्ध घटाउँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्छ।
'यसको गोल्ड गार्ड फिचर्सले एअर कन्डिसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ। र यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ', कम्पनीले भनेको छ, 'यसको रिमोटमा विशेष सेन्सर हुन्छ जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउँछ।'
कम्पनीका अनुसार यो एअर कन्डिसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ र यसमा १० वर्षको वारेन्टी रहेको छ।
सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रविभवन, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन्।
Shares
प्रतिक्रिया