प्रविधि कम्पनी ओप्पोले ओप्पो ह्याक कार्यक्रम गरिरहेको छ।
कम्पनीले ह्याकाथन विशेषज्ञ ‘ह्याकहब’को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना गरिरहेको हो।
अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई एकत्रित गर्दै उदीयमान प्रविधि (सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ्ग र निर्बाध क्रस–डिभाइस कनेक्सनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको कम्पनीले जनाएको छ। आप्ेपोह्याक २०२२ मार्फत कलरओएससम्बन्धी थप नयाँ जनाकारीहरु पनि उपलब्ध गराइने जनाइएको छ।
यो कार्यक्रम मे महिनादेखि सुरु भएको उल्लेख गरिएको छ। ओप्पोह्याक २०२२ मा, सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन्।
यो एउटा पीसी कनेक्ट जस्तै हो, जसले तपाईको फोन र कम्पयुटर बीच सीमलेस अन्तरक्रिया सिर्जना गर्दछ । तपाईले यसलाई धेरै स्क्रिनहरुको एक मस्तिस्कको रुपमा सोचेर सर्वव्यापीताको एक कदम नजिक पाउन सक्नेछन्।
प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलीको अन्तर सम्बन्धित समस्याहरु समाधान गर्नका लागि सहकार्य र प्र्रतिस्पर्धा गर्ने ह्याकाथन हो ।
यो कार्यक्रम विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरु, प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीहरुका अग्रजहरुसँग अन्तरक्रिया गर्ने अवसर भएको कम्पनीले जनाएको छ। ४० हजार डलर बराबरको कुल नगद पुरस्कारको अतिरिक्त, परियोजनाहरु जित्नको लागि सहभागीको परियोजनामा लगानी गर्ने र वास्तविक संसारमा लागू गर्ने मौका पाउने बताइएको छ।
ओप्पोह्याकले ह्याकाथनका २ राउन्डसहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ। ह्याकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट सहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअलि सहभागि भएका सह–होस्ट ह्याकाथनहरुमध्ये एक छनौट गर्नुपर्नेछ । फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ।
Shares
प्रतिक्रिया