हुवावेले सिड्स फर फ्युचर्स २०२२को लागि आवदेन खोलेको छ।
चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपालमा आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिड्स फर द फ्युचर’ कार्यक्रम दोस्रो पटक गर्न लागेको हो।
हुवावेले उक्त कार्यक्रमअन्तगर्त ७ जना विद्यार्थी क्षेत्रीय कार्यक्रम बैंककमा जान पाउनेछन्। आईटीसँग सम्बन्धित स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीले जुन २६ सम्म अप्लाई गर्नुपर्नेछ।
स्नातक प्रथम सेमेस्टरदेखि आठौँ सेमेस्टर अध्ययन गरिरहेका वा आठौँ सेमेस्टर अध्ययन सकी रिजल्ट नआएका विद्यार्थीले सिड्स फर द फ्युचर्स कार्यक्रममा सहभागी हुन पाउनेछन्।
सहभागिताको लागि सिड्स नेपाल डट कमबाट आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ। बैंककमा तालिमपश्चात् आफ्नो आइडिया प्रस्तुत गर्नुपर्नेछ। त्यहाँ उत्कृष्ट भए सिंगापुरको कार्यक्रममा भाग लिन पाउनेछन्।
नेपालमा छनोट भएका विद्यार्थी अगस्ट १९ देखि २७ सम्म बैंककमा जान पाउनेछन्। विद्यार्थीहरुको खर्च हुवावे आफैँले व्यहोर्नेछ।
हुवावेले नेपालमा २०२१ मा पहिलोपटक सिड्स फर फ्युचर्स सञ्चालनमा ल्याएको थियो। गत वर्ष १९ विद्यार्थी उक्त कार्यक्रममा सहभागी थिए। उनीहरुलाई अनलाइन कक्षासहित घान्द्रुकको भ्रमण गराएको थियो।
अघिल्लो वर्ष १३६ जनाले आवेदन दिएकोमा २० विद्यार्थी छनोट भएका थिए। एक जना विद्यार्थी अनुपस्थित भएसँगै १९ विद्यार्थीले आईटीसम्बन्धी नयाँ प्रविधिको विषयमा तालिम प्राप्त गरेका थिए।
४ जनाको छनोट समिति
हुवावेले बैंकक जाने विद्यार्थी छनोटका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्रोफेसर रहेको छनोन समिति बनाएको छ।
छनोट समितिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशी, प्रो. सुवर्ण शाक्य, प्रो. तिमिला यमी शाक्य र काठमाडौं विश्वविद्यालयका प्रो. मनिस पोखरेल छनोट समितिमा रहेका छन्।
देशभरका विद्यार्थीबाट आएका आवेदन हुवावेको टिमले २० जनाको विद्यार्थी छनोट गर्नेछ। उक्त २० जना विद्यार्थीमध्ये ७ जना प्रोफेसर सम्मिलित छटोन समितिले गर्नेछ। आवेदनको लागि विद्यार्थीले ५–६ सय शब्दको आईसीटी क्षेत्रसम्बन्धी निबन्ध प्रस्तुत गर्नुपर्ने कम्पनीले जनाएको छ।
आईओईका डिन शशीधरराम जोशीले सिड्स फर द फ्युचर्स कार्यक्रम दोस्रो पटक सञ्चालन गर्न लागेको भन्दै धन्यवाद दिए। जोशीले उक्त कार्यक्रमले नेपाली विद्यार्थीलाई ५ जी, एआई र नयाँ प्रविधिको विषयमा सिक्न पाउने बताए। विद्यार्थी क्षमता अभिवृत्ति गर्न सहयोग पुग्ने विश्वास लिए।
प्रोफेसर तिमिला यमी थापाले दीर्घकालीन रुपमा नेपाललाई फाइदा पुग्ने बताइन्। उनले एकाडेमी र कम्पनीहरुबीच सहकार्यको नमूना भएको बताइन्। थापाले नीति निर्माताले विद्यार्थीलाई उद्योगसँग कसरी जोड्ने भन्ने सिड्स फर फ्युचर्स कार्यक्रमबाट सिक्नुपर्ने बताइन्। नेपाली विद्यार्थीले १७० भन्दा बढी देशका विद्यार्थीसँग सहकार्य गर्न पाउनु एकदमै राम्रो रहेको बताइन्।
प्रो सुवर्ण शाक्यले हुवावेले प्रोडक्ट वा सेवा मात्रै नभई शिक्षाको क्षेत्रलाई पनि सहयोग गरिरहेको बताए। सिड्स फर द फ्युचर्स कार्यक्रममा सहभागी हुने विद्यार्थीले तालिमसँगै नयाँ प्रविधि सिक्न पाउने बताए। ७ विद्यार्थीले तालिम लिँदा अरु विद्यार्थीलाई गाइड गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
Shares
प्रतिक्रिया