सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज उक्त अंकले घटेर १ लाख ४९ हजार ५ सय रुपैयाँमा छ।
बुधबार १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ४८ हजार ८ सय रुपैयाँमा छ।
यता चाँदीको मूल्य पनि आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी ३५ रुपैयाँ घटेर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २ हजार ४७१ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
147
Shares
प्रतिक्रिया