नयाँ बानेश्वरस्थित सडकमा गुडिरहेको एक बसबाट बिहीबार (साउन ३) बिहान धुँवाको मुस्लो निस्किएको छ।
भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५ ख ९५५४ नम्बरको सार्वजनिक बसमा धुँवा निस्किएपछि यात्रुहरू बाहिर निकालिएको थियो।
धुँवा निस्केको देखेपछि यात्रुहरू सबैलाई गाडीबाट झारिएको थियो।
बसका चालकले बस स्टार्ट बन्द गरेसक्दा पनि केहीबेर धुवाँ आइरहेको थियो। केहीबेरमा धुवाँ आउन बन्द भएको र अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ।
141
Shares
प्रतिक्रिया