विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थव्यवस्थाको सूचीमा अमेरिकालाई उछिन्दै सिंगापुर शीर्ष स्थानमा उक्लिएको छ।
वल्र्ड इकोनोमिक फोरमको वार्षिक प्रतिवेदनमा सिंगापुर विश्वैकै प्रतिस्पर्धी अर्थव्यवस्थाको रुपमा सूचीकृत भएको हो।
केही वर्षयता अमेरिका यस सूचीको शीर्ष स्थानमा थियो। सिंगापुरले अमेरिकलाई यस सूचीमा पराजित गरेको हो।
देशको सेयर बजार, आर्थिक क्रियाकलाप, पूवार्धार, बजार तथा आविष्कारको क्षमतालाई मध्यनजर गरेर उक्त प्रतिवेदन सार्वजनिक गरिएको जनाइएको छ।
प्रतिवेदनका अनुसार सिंगापुर यतिबेलाको सबैभन्दा प्रतिस्पर्धी अर्थव्यवस्था भएको मूलुक हो। एजेन्सी
प्रतिक्रिया