सिटिजन्स बैंकको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन्।
शुक्रबार भएको साधारणसभाले उनलाई संचालकमा चयन को र शुक्रबार नै बसेकोसंचालक समितिको बैठकले भण्डारीलाई सर्वसम्मतीले अध्यक्षमा चयन गरेको हो। बैंक संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट प्रबलजंग पाण्डे र साजन शर्मा चयन भएका छन।
यसैगरी साधारण तर्फबाट सीता कार्की चयन भएकी बैंकले जनाएको छ। भण्डारी ८ महिना अघि सम्म उक्र बैंकको सिइओको रुपमा काम गर्दै आएका थिए। २ कार्यकाल उनी उक्त बैंकमा सिइओको रुपमा उनले काम गरेका छन्।
बैंकको तेह्रौ वार्षिक साधारणसभाले वितरण योग्य नाफाबाट १२ प्रतिशतले हुने रकम १ करोड ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ करोड ११ लाख बरावरको बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित समेत गरेको छ।
3
Shares
प्रतिक्रिया