सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्टरनेशनल कलेजअन्तर्गतको क्वेस्ट सोसियल क्लबका विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ।
बैंकको सहकार्यमा क्वेस्ट इन्टरनेशनल कलेजअन्तगर्तको क्वेस्ट सोसियल क्लबका विद्यार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाइ कार्यक्रम र कलेज प्रांगणमा रक्तदान कार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेही काखलाई आवश्यक समाग्री सहयोग प्रदान गरेको जनाएको छ।
बैंकले देशभरका ८७ शाखाबाट सामाजिक उत्तरदायित्वका काममा पनि सहयोग गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया