ad ad

कारोबार


एनएमबी लघुबित्तद्वारा क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सुरु

एनएमबी लघुबित्तद्वारा क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली सुरु

नेपालखबर
असार १०, २०७८ बिहिबार १३:४८,

एनएमबी लघुबित्त बित्तिय संस्था लिमिटेडले एसबी सोलुसन्स प्रा.लि. सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ।

यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ। एनएमबी लघुबित्त बित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी. सोलुसन्सका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन्।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, लघुबित्त संस्थाहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन्। यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्‍याउनेछ। यो नयाँ तरिकाले लघुबित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ। प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ। यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ।

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुबित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन्।

एनएमबी लघुबित्त बित्तिय संस्था, राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्था हो। यस संस्थाले एक मजबुत र भरपर्दो लघुबित्त संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ। एनएमबी लघुबित्त बित्तिय संस्था को लगभग २ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि ११० भन्दा बढि शाखाहरु रहेका छन्।

एसबी. सोलुसन्सले बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट – एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ। साथै एसबी.सोलुसन्स प्रा.लि. ले डिजिहबसँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .