ad ad

समाज


यातायात मजदुरलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग

यातायात मजदुरलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग

नेपालखबर
असार १०, २०७८ बिहिबार १३:३३,

यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरुले माग गरेका छन्।

बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन्।

यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको तथा मजदुरहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेकाले आफूहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

प्रशासनले यस विषयमा सकारात्मक भएको र केही दिनको कोभिड संक्रमणको अवस्था हेरेर निर्णय गर्ने बताएको उनले जानकारी दिए।

सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने भए यातायात मजदुरलाई राहत प्याकेज दिनुपर्ने मजदुरहरुले माग गरेका छन्।

प्रशासनले यातायात मजदुरलाई आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनको लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने प्रतिवद्धता जनाएको महासचिव सिटौलाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .