ad ad

कारोबार


टिकटक बनाउँदा आकर्षक उपहार जित्ने मौका!

टिकटक बनाउँदा आकर्षक उपहार जित्ने मौका!

नेपालखबर
असार १०, २०७८ बिहिबार १३:१८,

एन आई सी एशिया बैंकले टिकटक भिडिओ बनाउने व्यक्तिहरूलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।

२०७८ आषाढ ६ देखि श्रावण ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेज मा बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ।

यस प्रतियोगितामा सहभागी भई प्रति भिडिओ रू. १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सकिने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा रू. १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्ने जनाएको छ।

‘टिकटक भिडिओ च्यालेन्ज’मा सहभागी हुनको लागि निम्नलिखित नियमहरू रहेका छन् :

क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज एटएनआईसीएशियाबैंकअफिसियल फलो गर्नुपर्नेछ।

ख. सहभागीले आफूले बनाएको भिडिओ आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई ट्याग एवं एटएनआईसीएशियाबैंकअफिसिय, ह्यासएनआईसीबैंक, ह्यासमोबैंकगरौं’ समेत उल्लेख गरेर सार्वजनिक रुपमा शेयर गर्नुपर्नेछ।

ग. माथि उल्लेखित प्रकृया पूरा गरेपश्चात् अपलोड भएका ६ वटा थिमका भिडिओहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक/एक वटा भिडिओ विजयी हुनेछन्।

घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ।

ङ. यसरी सहभागीले बनाएका भिडिओहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .