काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पेश गरेको आर्थिक विधेयकले आर्थिक वर्ष २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने प्रस्ताव गरेका छन्।
नगरसभामा पेश भएको विधेयकमा सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट दिइएको छ।
‘कोभिड—१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर आर्थिक वर्ष २०७८÷०७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट हुनेछ’, विधेयकमा उल्लेख गरिएको छ, ‘सबै करदाताहरुका लागि २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छुट हुनेछ।’
विधेयकमा महानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन सफ्टवेयरलाई अद्यावधिक गरी लागू गर्ने पनि उल्लेख छ ।
त्यस्तै कोभिड–१९ को प्रभावले परेको असरलाई मध्यनजर गरी घर धनीले बुझाउने बार्षिक बहाल कर रकमको दशप्रतिशत वा पच्चीस हजार रुपैंया मध्ये जुन रकम कम हुन्छ सो रकम छुट हुनेछ।
‘बहाल करमा छुट प्राप्त गर्न सम्बन्धित घरधनी र बहालमा लिने प्राकृतिक वा कानुनी व्यक्तिका बीच भएको बहाल सम्झौता अनिवार्यतः पेश गर्नुपर्नेछ’, विधेयकमा भनिएको छ।
Shares
प्रतिक्रिया