संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काल आन्तरिक उडान खुल्ने सम्भावना कम रहेको बताएको छ।
मन्त्रालयले अन्तर्राष्ट्रिय उडान प्रमुख गन्तव्यमा खुल्न लागे पनि आन्तरिक उडान तत्काल खुल्ने सम्भावना नरहेको जनाएको हो।
मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले आन्तरिक उडान तत्काल खुल्ने सम्भावना कम रहेको बताए।
हवाइ सेवा कम्पनीहरुले अन्य यातायातको तुलनामा उडान सुरक्षित हुने भन्दै तत्काल उडान खोल्नुपर्ने माग गर्दै आएका छन्।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोभिड संक्रमितको संख्या घटेकाले खोल्नुपर्ने माग गरेका छन्।
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राज कुमार क्षेत्रीले आन्तरिक उडान खोल्ने तयारी भए पनि कहिलेबाट खुल्ने मन्त्रिपरिषदले नै निर्णय गर्ने बताए।
‘प्राधिकरणमा आन्तरिक उडान खोल्दा कस्ता स्वास्थ्य मापदण्ड पालना गर्ने भन्ने विषयमा छलफल भएको थियो’, क्षेत्रीले भने, ‘उडान कहिले खुल्छ भन्नसक्ने अवस्था छैन।’
प्रतिक्रिया