ad ad

समाज


महाकालीमा पानीको सतह बढ्न थालेपछि दार्चुलादेखि कञ्चनपुरसम्म सतर्कता

महाकालीमा पानीको सतह बढ्न थालेपछि दार्चुलादेखि कञ्चनपुरसम्म सतर्कता

नेपालखबर
असार ४, २०७८ शुक्रबार ९:१५,

महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्तकता अप्नाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी दार्चुलाको दत्तु बाढीमापन केन्द्रमा महाकालीमा जलसतह ५.८० मिटर र डडेल्धुराको परिगाउँमा ३.५० मिटर पुगेकाले सर्तकता अप्नाउन यहाँको भीमदत्त नगरपालिका–११, १२ र १३ का नागरिकका साथै दोधारा चादँनी क्षेत्रमा समेत आग्रह गरेको हो ।

‘सो क्षेत्रमा जोखिम आकलन गरी सो क्षेत्रमा नगई सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको हो’, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनले जिल्लाका विपत्का कुनै घटना भए तत्काल जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला प्रशासनले समेत सूचना जारी गरी सतर्कता अप्नाउन आग्रह गरेको छ ।

दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन बैतडी र डडेल्धुरा प्रशासनले समेत आग्रह महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए।

‘केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको छ’, उनले भने, ‘महाकालीमा पानीको बहाव घटबढ हुने भएकाले तटीय क्षेत्रमा नजान आग्रह छ।’

लगातार वर्षा भइरहेकाले जिल्लाका अन्य खोलामा पनि बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .