ad ad

कारोबार


मुख्य गन्तव्यहरूमा नियमित अन्तर्राष्ट्रिय उडान खुल्ने

मुख्य गन्तव्यहरूमा नियमित अन्तर्राष्ट्रिय उडान खुल्ने

नेपालखबर
असार ३, २०७८ बिहिबार ५:५२,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख गन्तव्यहरूमा अन्तर्राष्ट्रिय उडान खुल्ने बताएको छ।

मन्त्रालयका अनुसार अबको मन्त्रिपरिषद् बैठकले अहिले खुलेकाबाहेक साउदी अरेबिया, युएई, मलेसिया, जापानलगायतका गन्तव्यमा उडान गर्ने तयारी भइरहेको छ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा नियमित उडान हुँदै आएका सबै गन्तव्यमा उडान गर्ने तयारी भइरहेको बताए।

हाल कतार, भारत र टर्कीमा उडान भइरहेका छन्। चीनमा नियमित उडान खुल्ला गर्ने निर्णय गरे पनि हुनसकेको छैन।

बुधबार बसेको कोभिड–१९ निर्देशक समिति बैठकले पनि कतार, साउदी अरेबिया, युएई, मलेसिया, जापानलगायतका मुलुकमा पुनः हवाइ उडान सुरु गर्ने निर्णय गरेको छ।

यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाइ उडान पुनः सुरु गरिने समितिले जनाएको छ।

वैशाख २३ बाट अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो। मन्त्रिपरिषदले आगामी हप्तामा प्रमुख सबै गन्तव्यमा सीमित उडान गर्न दिने तयारी गरेको छ।

मन्त्रिपरिषदको बैठक प्रायः हरेक सोमबार र बिहीबार बस्ने गर्छ। मन्त्रालयले आजै कुन देशमा कसरी उडान हुने भन्ने मन्त्रिपरिषदबाट निर्णय हुनसक्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .