ad ad

समाज


गण्डकीका मुख्यमन्त्री बाढीपीडित मनाङ जाने तयारी

गण्डकीका मुख्यमन्त्री बाढीपीडित मनाङ जाने तयारी

नेपालखबर
असार ३, २०७८ बिहिबार ५:५१,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बाढीपीडित मनाङको अवलोकन गर्न जाने भएका छन्।

गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयअनुसार टोलीसहित मुख्यमन्त्री नेपाली मनाङको बाढीपीडित बस्तीमा जाने भएका हुन्। समितिका अध्यक्ष मुख्यमन्त्री नेपाली आफैं हुन्।

यसैगरी बैठकले विपदमा परेकाहरूको उद्धार तथा तिनलाई राहतका लागि प्रदेश तथा जिल्लाका सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई निर्देशन दिएको छ।

यस्तै बैठकले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी खुलाउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट व्यवस्था गर्न निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयकी सचिव इन्दु घिमिरेले जानकारी दिइन्।

उनका अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल बनाई कार्यान्यवन गर्ने तथा प्रदेशस्तरीय विपद् कोष नियमावलीअनुसार कम्तीमा ५ करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .