ad ad

कारोबार


निषेधाज्ञामा अन्तरबैंक कारोबारको सुविधा, फोनपेले यसरी बनायो सहज

निषेधाज्ञामा अन्तरबैंक कारोबारको सुविधा, फोनपेले यसरी बनायो सहज

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ७:१०,

कोभिड १९ को दोस्रो लहरका कारण जारी निषेधाज्ञाको समयमा अन्तर बैंक रकम कारोबारले आम मानिसमा धेरै सहजता ल्याउनुको साथै यसका प्रयोगकर्ता पनि बढेका छन्।

निषेधाज्ञाको समयमा बैक तथा वित्तीय संस्था बन्द भएपछि अन्तरबैंक कारोबारले धेरैका लागि सहजता ल्याएको हो।

निषेधाज्ञामा एकातिर बैंक तथा वित्तीय संस्थाका शाखा बन्द हुनु अर्कातिर एटीएम बुथ वा खुलेका कतिपय काउन्टरमा जान पनि प्रहरीले रोक्ने अवस्था आएपछि मासिनसहरु अन्तरबैंक कारोबारमार्फत कारोबार गरिरहेका छन्।

निषेधाज्ञाका सुरुका दिनमा एटीएमबाट पैसा झिक्ने क्रम बढेको देखिए पनि पछिल्ला दिनमा मानिसहरु अन्तर बैंक रकम ट्रान्सफरमार्फत कारोबार गर्न थालेका हुन्।

अघिल्लो लकडाउनमा भन्दा अहिलेको निषेधाज्ञामा अन्तर बैंक कारोबार गर्नेहरुको संख्या बढेको अन्तरबैंक कारोबारको सुविधा दिएको फोनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले बताए।

‘निषेधाज्ञामा सामान्य अवस्थामा जस्तो आर्थिक गतिविधि नहुने भए पनि अघिल्लो लकडाउनमा भन्दा यसपटक अन्तरबैंक कारोबार गर्ने संख्यामा उलेख्य वृद्धि देखिएको छ’, सापकोटाले भने।

अन्तर बैक रकम ट्रान्सफरमार्फत कारोबार गर्ने बढेसँगै बैंकहरु पनि पहिलेजस्तो दैनिक मात्रामा एटीएम बुथहरूमा रकम राख्नुपर्ने कुरामा कमी आएको बताउँछन्।

अहिले पनि अनलाइन सपिङ, सेयर बजार जस्ता कारोबार सुचारू छन्।

यस्तै मानिसले विभिन्न सम्पर्कमार्फत आफ्ना कारोबार गरिरेहको हुँदा उनीहरुका लागि भुक्तानीका लागि फोनपेले सहजता ल्याइदिएको छ।

अन्तरबैंक रकम ट्रान्स्फर (आईबीएफटी) सेवाले आम मानिसलाई घरमै बसेर वित्तीय कारोबार गर्न तथा रकम लेनदेन गर्न सहज भएको छ।

फोनपे फटाफटबाट यसरी सजिलै गर्न सकिन्छ कारोबार
फोनपेले क्यूआर सेवाका अलावा अन्तरबैंक रकम ट्रान्सफर (आईबीएफटी) सेवा पनि दिँदै आएको छ।

फोनपेमार्फत रकम पाउने व्यक्तिको मोबाइल नम्बर मात्रै राखेर सहजै रकम पठाउन सकिने भएकाले पनि फोनपे धेरै व्यक्तिको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ।

फोनपेमार्फत जुनसुकै बैंकमा पैसा पाउने व्यक्तिको खाता भएको बैंकको नाम र प्रापकको मोबाइल नम्बर राखेर सहजै रकम पठाउन सकिन्छ।

फोनपेमा नेपालका अधिकांश बैंक तथा वित्तीय संस्था आबद्ध छन्।

नेपालमा रहेका १ करोड ४० लाखभन्दा बढी व्यक्तिले आफ्नो मोबाइल बैंकिङको प्रयोग गरी फोनपेमार्फत अन्तर बैंक कारोबार गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .