नेपालमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्ने विषयमा नेपाली मल्टिकन्सल्टिङ कम्पनी एआईडीआईइए र भारतको दिल्लीस्थित ऋषिहुड विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।
सहमति पत्रमा एआईडीआईए कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत आदित्यमान सिंह र ऋशीहुड विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक नितेश बन्सलले हस्ताक्षर गरे।
ऋषिहुड विश्वविद्यालयको कूलपति भारतका पूर्वरेलमन्त्री सुरेश प्रभु रहेका छन्।
सहमतिअनुसार तालिमको अतिरिक्त एक्सचेन्ज कार्यक्रम तथा उद्यमी युवाका लागि स्टार्टअपका लागि आवश्यक सहयोग गर्ने छ।
प्रतिक्रिया