ad ad

कारोबार


नयाँ बजेटबारे कृषिमन्त्रीलाई सांसदहरुको यस्ता सुझाव

नयाँ बजेटबारे कृषिमन्त्रीलाई सांसदहरुको यस्ता सुझाव

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ६:२०,

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले बजेट, नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरेकी छन्।

मन्त्री अर्यालले गत शुक्रबार मन्त्रालयमा विशेष कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७८/०७९ कृषि मन्त्रालयको बजेट, नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरुसँग छलफल गरी सुझाव लिएकी हुन्।

त्यस अवसरमा बोल्दै कृषिमन्त्री अर्यालले विगतमा सञ्चालित कार्यक्रमलाई यसपालि सरकारले सच्याउने बताइन्।

विगतमा सञ्चालनमा आएका तर प्रभावकारी हुन नकसकेका केही कार्यक्रम सच्याउने र केही कार्यक्रम नयाँ थप्ने तयारी रहेको मन्त्री अर्यालको भनाइ थियो।

‘विगतमा सञ्चालन भएका कार्यक्रमहरुका बारेमा मान्यज्यूहरुले प्रश्न उठाउनुभयो। त्यसका विषयमा धेरै प्रश्नहरु उठेका पनि छन्’, मन्त्री अर्यालले भनिन्, ‘त्यसैले हामीले विगतमा सञ्चालित कार्यक्रम सच्याउने तयारी रहेका छौ। केही नयाँ कार्यक्रम पनि थप गर्नेछौँ।’

त्यस अवसरमा बोल्ने सांसदहरुले प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने, अनुदानका कार्यक्रमहरुमा विशेष ध्यान दिनुपर्ने, त्यसमा गैरकिसानले सुविधान लिने कुरालाई रोक्नुपर्ने, विभिन्न समयमा आउने विपद्बाट हुने जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने, मागअनुसार सिधै स्थानीय तहमा बजेट पठाउने ब्यवस्था गरिनुपर्ने, संघ, प्रदेश र पालिकाको कार्यक्रमबीचमा समन्वय बढाउनुपर्ने, गुणस्तर मापन ल्याब स्थापना गर्नुपर्ने, कृषि उपजको इन्स्योरेन्स तत्काल सुरु गर्न आवश्यक रहेको बताएकी थिइन्।

त्यस अवसरमा सांसदहरु खगराज अधिकारी, विद्या भट्टराई, सुजिता शाक्य, माया ज्ञवाली, शान्ति पाख्रिन, कोमल वली, थममाथा थापामगर, दलबहादुर रानामगरलगायतले आ–आफ्नो सुझाव राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .