ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकद्वारा उर्जा बचत गरेवापत दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा उर्जा बचत गरेवापत दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण

नेपालखबर
चैत ११, २०७७ बुधबार १२:४७,

राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट ‘केएफडब्लु’ बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकम हस्तान्तरण गरेको छ।

बैंकले सुजल डेरी प्रा.लि.लाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया, गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ रकम हस्तान्तरण गरेको छ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहकाबीच हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे। उहाँले हालसम्म १९ वटा उद्योगहरुलाई ६ करोड ९४ लाख रुपैयाँ भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि ‘प्रोजेक्ट एक्स्क्युटिङ एजेन्सी (पीईए) को रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ।

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, प्रबन्धक रामजी भण्डारी, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरु क्रमशः  हेमेन शाक्य, सरोज न्यौपाने लगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .