ad ad

कारोबार


अनलाइनमार्फत विदेशबाट वार्षिक ५ सय डलरसम्मको वस्तु खरिद गर्न सकिने, प्रिपेड कार्डबाटै भुक्तानी सुविधा

अनलाइनमार्फत विदेशबाट वार्षिक ५ सय डलरसम्मको वस्तु खरिद गर्न सकिने, प्रिपेड कार्डबाटै भुक्तानी सुविधा

नेपालखबर
चैत ९, २०७७ सोमबार ६:२,

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई विदेशबाट वस्तु तथा सेवा खरिदबापत सहजै भुक्तानी गर्न सकिने व्यवस्था ल्याएको छ।

बैंकले क वर्गका बैंकहरु र राष्ट्रियस्तरका ख वर्गका विकास बैंकहरुलाई सशर्त रुपमा अनलाइनमार्फत विदेशबाट गरिने वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न प्रिपेड कार्ड जारी गर्न अनुमति दिएको हो।

योसँगै बैंकहरुले वार्षिक रुपमा अधिकतम ५ सय अमेरिकी डलर वा सोबराबरको अन्य परिवत्र्य विदेशी मु्द्राको प्रिपेड कार्ड जारी गर्न सक्नेछन्।

राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो अनुमति दिएको हो।

योसँगै विदेशबाट वार्षिक ५ सय अमेरिकी डलरसम्मको वस्तु तथा सेवा खरिद गरेर आफैँलै भुक्तानी गर्न पाइने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .