ad ad

समाज


फिल्म कहानीजस्तै अम्बानी प्रकरण : अहिलेसम्म के के भए?

फिल्म कहानीजस्तै अम्बानी प्रकरण : अहिलेसम्म के के भए?

नेपालखबर
चैत ९, २०७७ सोमबार ५:५७,

भारतका उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ जिलेटिनले भरिएको स्कार्पियो गाडी फेला परेको प्रकरण एउटा फिल्म कहानीजस्तै बनिरहेको छ।

पछिल्लो समय आइतबार महाराष्ट्रक आतंकवादविरोधी दस्ता (एटीएस) ले अम्बानीको घरबाहिर भेटिएको त्यो स्कार्पियाका मालिक भनिएका मनसुख हिरेनको हत्या आरोपमा पूर्वप्रहरीसहित २ जनालाई पक्राउ गरेको छ। निलम्बित प्रहरी हवल्दार विनायक सिन्दे र सट्टेवाज नरेश गोरेलाई गिरफ्तार गरिएको हो।

घटनाको मुख्य अभियुक्त मानिएका मुम्बईका सहायक प्रहरी निरीक्षक (हाल निलम्बित) सचिन वझेलाई यसअघि नै पक्राउ गरिसकिएको छ।

गत फेब्रुअरी २५ का दिन अम्बानीको घरबाहिर विस्फोटक पदार्थ र उनको परिवारमै मारिदिने चेतावनीयुक्त पत्रसहित स्कार्पियो फेला परेको थियो। त्यसको १० दिनपछि त्यस गाडीका धनी ठानिएका मनसुख हिरेन मृत भेटिएका थिए।

यस काण्डमा अहिलेसम्म के के भए?

फेब्रुअरी २५
–मुकेश अम्बानीका सुरक्षाकर्मीले प्रहरीलाई जानकारी गराए– उनको घर एन्टिलियाबाहिर वेवारिसे अवस्थामा स्कार्पियो भेटियो।

–बम डिस्पोजल टोलीले हेर्दा स्कार्पियोमा २० वटा जिलेटिन छड, अम्बानीको परिवारै मारिदिने धम्की दिइएको पत्र र अम्बानीकै कारसँग मिल्ने चारवटा नक्कली नम्बर प्लेट फेला पार्यो र मुद्दा दर्ता गर्‍यो।

फेब्रुअरी २६
–क्राइम इन्टिलेन्स युनिटले सहायक प्रहरी निरीक्षक सचिन वझेलाई घटना अनुसन्धानको पूरै जिम्मेवारी सुम्पियो।

फेब्रुअरी २७
–ठाणे निवासी मनसुख हिरेनले बरामद स्कार्पियो आफ्नो भएको दाबी गरे। गत फेब्रुअरी १७ मा बीच बाटोमै बिग्रिएपछि विखरोली हाइवेमा रोकेर राखिएको गाडी गायब पारिएको उनले बताए।

–तर सीसीटीभी फुटेजमा बिहानै २:१८ बजे त्यो गाडी एक जना अज्ञात व्यक्तिले अम्बानीको घरछेउ लगेर राखेको र आफू अर्काे सेतो रङको इनोभा कारमा गएको देखियो। जुन कार पहिले त्यही स्कार्पियो पछिपछि त्यहाँ पुगेको थियो। बिहान ३:५ बजे नक्कली नम्बर प्लेटवाला यो कार मुलुन्ड टोलमा देखियो।

–ठाणेदेखि अम्बानीको घरसम्म जति सीटीभी फुटेज प्राप्त भए, तिनमा दुवै गाडीका चालकको अनुहार प्रस्ट देखिएएको छैन।

मार्च ४
–मनसुख हिरेन घरबाट निस्केपछि फर्किएनन्

मार्च ५
–हिरेनको शव मुम्ब्रा खाडीमा भेटियो

मार्च ६
–त्यसपछि महाराष्ट्र एटीएसले घटना अनुसन्धानको जिम्मा लियो

मार्च ८
–केन्द्रले एनआईएलाई अनुसन्धानका लागि सूचना जारी गर्‍यो।

मार्च १३
–एनआईएले विस्फोटक पदार्थ राखेको आरोपमा सचिन वझेलाई पक्राउ गर्‍यो

माचै १५–१९
–एनआईएले प्रहरी मुख्यालयस्थित वझेको कार्यालयबाट कम्प्युटरको सीपीयू, कागजात, एउटा मर्सिडिज जफत गर्‍यो। मर्सिडिजबाट ५ लाख ७० हजार रुपैयाँ, पैसा गन्ने एउटा मेसिन पनि बरामद गर्‍यो। साथै टोयटा प्राडो गाडी पनि बरामद गरियो।

मार्च १९
–मुम्बईका प्रहरी आयुक्त परमवीर सिंहको सरुवा गरियो र उनको स्थानमा हेमन्त नगरालाई राखियो

मार्च २०
परमवीर सिंहले महाराष्ट्रका उद्धव ठाकरेलाई पत्र पठाए, जसमा राज्यका गृहमन्त्री अनिल देशमुखले वझेलाई मासिक सय करोड असुल्न निर्देशन दिएको आरोप लगाइएको छ।

मार्च २१
–भारतीय जनता पार्टीले अनिल देशमुको राजीनामा माग्दै विरोध प्रदर्शन गर्‍यो।

–एटीएसले मनसुख हिरेनको हत्या आरोपमा निलम्बित प्रहरी हवल्दार विनायक सिन्दे र सट्टेबाज नरेश गोरेलाई गिरफ्तार गर्‍यो। -भारतीय सञ्चारमाध्यमको सहयोगमा

यी पनि : 

अम्बानी प्रकरणले महाराष्ट्रमा हलचल, गृहमन्त्री देशमुखले दिए स्पष्टीकरण

अम्बानी प्रकरणमा अर्का प्रहरी पनि पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .