ad ad

राजनीति


बंगलादेश पुगिन् राष्ट्रपति

बंगलादेश पुगिन् राष्ट्रपति

नेपालखबर
चैत ९, २०७७ सोमबार ५:११,

राष्ट्रपति विद्यादेवी भण्डारी आज (सोमबार) बिहान बंगलादेश पुगेकी छन्।

२ दिनको राजकीय भ्रमणका लागि ५४ सदस्यीय टोली लिएर आज बिहान नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत काठमाडौंबाट प्रस्थान गरेकी राष्ट्रपति बंगलादेशको राजधानी ढाका पुगेकी हुन्।

बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुगेको तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यहाँ गएकी हुन्।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गरिनेछ। त्सपछि उनी त्यहाँको राष्ट्रिय सहिद स्मृति, सभारमा सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्न सहभागी हुनेछिन्।

परराष्ट्र मन्त्रालयका अनुसार आजै उनले समकक्षी हमिदसँग भेटवार्ता गर्नेछिन्। साथै प्रधानमन्त्री शेख हसिनालगायतसँग शिष्टाचार भेट पनि आजै हुनेछ।

यी पनि : 

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, प्रधानमन्त्री ओलीले गरे बिदाइ

राष्ट्रपतिको भ्रमण दल ५४ सदस्यीय, को-को?

२ दिन राजकीय भ्रमण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .