ad ad

कारोबार


खानेपानी मन्त्रीबाट मेलम्ची सुरुङको निरीक्षण, चार हप्तापछि सुरुङमा पानी हाल्न सकिने

खानेपानी मन्त्रीबाट मेलम्ची सुरुङको निरीक्षण, चार हप्तापछि सुरुङमा पानी हाल्न सकिने

नेपालखबर
माघ ११, २०७७ आइतबार ११:३१,

खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि ९ किलोमिटर भित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुगेका थिए। त्यसक्रममा मन्त्री थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौँ ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिएका थिए।

मन्त्री थापाले मेलम्चीको पानी खाने राजधानीबासीको धोको पुरा गर्नु आफ्नो लक्ष्य रहेको बाँकी कामहरु चाँडै सक्न निर्देशन दिएका थिए।

मन्त्री थापालाई ब्रिफ्रिङ गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको अधिकाशं काम सम्पन्न भइसकेको बताए। उनले निकासका लागि राखिएका सुरुङको ढोका मर्मत लगायत महत्वपूर्ण सबै काम सकिएको बताए।

‘करिब सबै काम सकिएको छ, सुरुङ्ग परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएर विज्ञ समूहबाट सुरुङ्गको निरीक्षण पनि गराएका छौँ, कार्यकारी निर्देशक खत्रीले भने, ‘सुरुङको दिगोपनाका लागि केही सुधारका कामहरु शुरु गरेका छौँ, २४ सै घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गछौँ।’

खत्रीले बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परीक्षणको काम शुरु गर्न सकिने बताएका छन्।
यस्तै सुरुङको निरीक्षण लगत्तै मन्त्री थापाले मेलम्चीको पानी खसाल्ने प्रशोधन केन्द्र र संकलन केन्द्रको पनि निरीक्षण गरेका थिए।

सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुई वटा प्रशोधन केन्द्र रहेका छन्। प्रशोधन केन्द्र दुवैको क्षमता प्रतिदिन ८.५ करोड लिटर रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .