ad ad

राजनीति


लयर्स एसोसियसनले भन्यो : वरिष्ठ अधिवक्ता भण्डारीबारे प्रधानमन्त्री ओलीको टिप्पणी निन्दनीय

लयर्स एसोसियसनले भन्यो : वरिष्ठ अधिवक्ता भण्डारीबारे प्रधानमन्त्री ओलीको टिप्पणी निन्दनीय

नेपालखबर
माघ ११, २०७७ आइतबार ११:२८,

नेपाल डेमोक्रेटिक लयर्स एसोसियसनले प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे गरेको टिप्पणीलाई निन्दनीय र विवेकहीन प्रहार भनेको छ।

एसोसियसनले भण्डारी जस्तो नेपालको न्याय, कानुन जगतका आदरणीय र शिखर व्यक्तित्वबारे टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ भनेर कटु शब्दलृ कटाक्ष गर्नु र सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भन्नुृ निन्दनीय भएको बताएको छ।

यो पनि: महेन्द्रको ‘कू’ विरुद्ध लडेका जेठो वकिल भन्छन्ः संसद् पुनर्स्थापना नभए संविधान जलाइदिए हुन्छ (भिडिओ)

‘कानुन व्यवासायीले इजलासमा बहस गरेको सहज र स्वाभाविक विषयलाई लिएर कानुन व्यवसाय र कानुन व्यवसायीको मर्यादा र गरिमामाथि प्रधानमन्त्री जस्तो जिम्मेवार पदाधिकारीबाट निर्मम प्रहार गरिनु किमार्थ शोभनीय र वान्छनीय हुँदैन,’ एसोसियसनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उमेर वौद्धिकता, अनुभव र योगदान सबै दृष्टिकोणले आदरणीय व्यक्तित्व श्री कृष्णप्रसाद भण्डारीज्यूमाथि गरिएको भद्दा टिप्पणी समग्र कानुन व्यवसाय र कानुन व्यवसायीहरुमाथि गरिएको निन्दनीय र विवेकहीन प्रहार हो।’

प्रधानमन्त्री ओलीले केहि दिनपहिले एक सार्वजनिक कार्यक्रममा ९४ वर्षे वरिष्ठ अधिवक्ता भण्डारीप्रति लक्षित गर्दै ‘एकजना बाजे वकिललाई समेत सर्वोच्चमा लगेर तमासा देखाएको’ टिप्पणी गरेका थिए।

यो पनि : कानुन व्यवसायीलाई होच्याउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारका चार पूर्वअध्यक्षले गरे यस्तो आह्वान (पूर्ण पाठ)

सो एसोसियसनले ओलीको टिप्पणीप्रति खेद व्यक्त गर्दै कानुन व्यवसायको गरिमा रक्षा गर्न नेपाल बार एसोसियसनलगायत सम्बन्धित सबै पक्षबाट एकताबद्ध आवाज र ठोस एवं सार्थक पहल र प्रयासका लागि आग्रह समेत गरेको छ।

विज्ञप्तिको पूर्ण पाठः

LawyersAssociation.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .