सर्भरमा समस्या देखिएको भन्दै यातायात व्यवस्था विभागले सवारी साधान चालक अनुमति पत्रको आवेदन लिन बन्द गरेको छ।
विभागले सूचना जारी गर्दै अनलाइन सर्भरको मर्मतका लागि एक दिन बन्द गरिएको उल्लेख गरेको छ।
चैतबाट बन्द भएको लाइन्सेन्स आवेदन गत हप्ता मात्रै खुल्ला भएको थियो। अनलाइन सेवामा अत्यधिक चाप भएपछि सर्भरमा समस्या आएको विभागको दाबी छ।
विभागले प्रयोगकर्ताको चाप बढी हुँदा सर्भरमा समस्या उत्पन्न भएकाले सोमबारको लागि बन्द गरिएको विभागले जनाएको छ। हाल मर्मत कार्य जारी छ भने मर्मत कार्य सकिएपछि पुनः सञ्चालनमा जानकारी दिएको छ।
प्रतिक्रिया