ad ad

कारोबार


मोबाइल व्यवसायी महासंघले प्रादेशिक स्तरमा संगठन विस्तार गर्ने

मोबाइल व्यवसायी महासंघले प्रादेशिक स्तरमा संगठन विस्तार गर्ने

नेपालखबर
पुस १४, २०७७ मंगलबार ६:४३,

संगठन विस्तारको क्रममा रहेको नेपाल मोबाइल व्यवसायी महासंघले प्रादेशिक समिति गठन प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।

देशभरका तीन सयभन्दा बढी मोबाइल व्यवसायी संघहरुको छाता संगठनको रुपमा गठन भएको महासंघले सबै तहमा संगठन विस्तारलाई तीव्रता दिएको हो।

हालसम्म वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा समिति गठन गरिसकिएको महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए।

अध्यक्ष भट्टराईका अनुसार पुस १६ गते १ नम्बर प्रदेश र १७ गते २ नम्बर प्रदेशमा प्रादेशीक समिति गठन भएपछि प्रदेशस्तरीय संगठन विस्तारको काम सम्पन्न हुनेछ।

संघ, प्रदेश, जिल्ला र स्थानीय समिति गरी चार तहमा संगठन विस्तारको क्रममा रहेको महासंघले जिल्ला तथा स्थानीय समिति गठनलाई समेत अघि बढाएको छ।

अध्यक्ष भट्टराईका अनुसार अधिकांश जिल्लामा समिति गठन भइसकेको छ।

सबै तहमा संगठन विस्तार गरिसकेपछि यसै वर्ष केन्द्रीय समितिको महाधिवेशन गरिने अध्यक्ष भट्टराईले जानकारी दिए।

मोबाइल व्यवसायीले राज्यलाई उल्लेख्य कर तिरे पनि राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित रहेकाले राज्यको सेवा सुविधा प्राप्त गर्न संगठित अभियान थालिएको भट्टराईको भनाइ रहेको छ। देशभर नौ हजारभन्दा बढी मोबाइल व्यवसायी रहेको महासंघको तथ्याङ्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .