ad ad

कारोबार


नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा २० कराेड विगाे दाबीसहित मुद्दा

नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा २० कराेड विगाे दाबीसहित मुद्दा

नेपालखबर
पुस ९, २०७७ बिहिबार १६:१५,

राजश्व अनुसन्धान आयोगले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि रु २० करोड बराबरको विगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ।

विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा एक मुद्दा दायर गरिएको छ। विभागले किशोर चौधरीविरुद्ध रु दुई करोड १४ लाख ३० हजार २३८ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका शिवम प्याकेजिङका सञ्चालक सीतादेवी जयसवालविरुद्ध रु पाँच करोड ८८ लाख ६५ हजार ९१९ र कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीविरुद्ध रु पाँच करोड ३२ लाख १६ हजार १८८ मुद्दा दायर गरिएको छ। उनीहरु विरुद्ध रु १३ करोड ३५ लाख १२ हजार ३४५ बिगो असुली गर्न माग गरिएको छ।

यस्तै शिवम टे«डर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनीविरुद्ध रु चार करोड ७९ लाख ६९ हजार ४४७ बराबरको बिगो दाबी गरिएको छ। अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनाविरुद्ध रु एक करारेड ८२ लाख ५३ हजार ४६१ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .