ad ad

कारोबार


हिमालयन बैंकले बनायो ‘मर्जर-एक्युजिसन’ समिति

हिमालयन बैंकले बनायो ‘मर्जर-एक्युजिसन’ समिति

नेपालखबर
पुस १, २०७७ बुधबार १०:२७,

हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर-एक्युजिसन उपसमिति गठन गरेको छ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर-एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरिएको बैंकले जनाएकाे छ।

सञ्चालक समितिद्वारा गठित सो उपसमितिले मर्जर-एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजीका साथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ।

यद्यपि हालसम्म मर्जरबारे कुनै पनि निर्णय नभएको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .