नेपाल विज्ञापन संघ ‘आन’ को भगिनी संस्था एड क्लब अफ नेपालले आनको कार्यालय परिसरभित्र विज्ञापन पुस्तकालयकाे उद्घाटन गरेको छ।
एड क्लब अफ नेपाल विज्ञापन तथा मार्केटिङ क्षेत्रमा लागेका करिएर बनाएका उत्साही युबाहरुको क्लब हो। जसको उदेश्य नेटबर्किङ, मनिटरिङ, प्रशिक्षणको माध्यमबाट सिर्जनशिलताको अभिबृद्धि गर्दै देशमा विज्ञापन तथा मार्केटिङ सम्बन्धी ज्ञान बाँड्ने रहेको क्लवले जनाएको छ।
यस क्लबले विज्ञापन तथा मार्केटिङसँग सम्बन्धित कर्पोरेट सेक्टर, मिडिया सेक्टर उत्पादन सेक्टरमा प्रत्यक्ष तथा अप्रत्यक्ष लागेका मानिसहरुलाई एकै थलोमा ल्याई विज्ञापन, ब्रान्डिङ, मार्केटिङ सम्बन्धी ज्ञानको अभिबृद्धि गर्ने कार्य गर्दछ।
विज्ञापन पुस्तकालयको उद्घाटन गर्दै आनका अध्यक्ष रबिन्द्र कुमार रिजाल ‘शशि’ले देशमा विज्ञापन तथा मार्केटिङसँग सम्बन्धित सिर्जनात्मक ज्ञानको पहुँच बिभिन्न पेशाकर्मी, विद्यार्थी तथा यस सम्बन्धी जिज्ञासा राख्ने सम्पूर्णमा गराउन पुस्तकालय सहयोगी हुने बताए।
प्रतिक्रिया