ad ad

कारोबार


ओपोद्वारा ‘वाटरफल स्क्रिन’ प्रविधि प्रदर्शित

ओपोद्वारा ‘वाटरफल स्क्रिन’ प्रविधि प्रदर्शित

नेपालखबर
साउन १३, २०७६ सोमबार १२:५६,

ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण प्रदर्शित गरेको छ।

यसमा रहेको झण्डै भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भ्ड बडीले सटिक दृष्यानुभूति दिनुका साथै उपकरणलाई करिव करिव बोर्डर रहित बनाइदिएको छ। यसले ओपोको मोबाइल फोनलाई नयाँ आकार दिने नवप्रबर्तनात्मकता तिर अग्रसर खोजीको प्रतिनिधित्व गर्नुका साथै, फुलस्क्रिन प्रविधि र उत्कृष्ट सौन्दर्यता अग्रसर खोजीपनि प्रतिबिम्बित गरेको छ।

‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँ आकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धी खोज ओपोको आरएण्डडीका ५ प्रमुख क्षेत्र मध्य एक हो। कर्भ्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनि ओपोको फराकिलो अनुभव रहेको छ। पछिल्लो पटक ओपो फाइन्ड एक्समा कम्पनीले पानोरामिक आर्क स्क्रिन डिजाइनका साथमा ९३.८ प्रतिशत स्क्रिन–टू–बडी रेसियो प्रस्तुत गरिसकेको छ। नयाँ ‘वाटरड्रप स्क्रिन’ फोनको बाह्य डिजाइनमा ओपोको नयाँ उपलब्धि हो।

oppo 2

उपभोक्तालाई स्मार्ट उपकरणका अनेकन विकल्प उपलब्ध गराउन ओपो सुन्दरता र नवप्रबर्तनात्मक प्रविधि विचको मिलन विन्दूको निरन्तर खोजीमा लागि परेको छ। अब वाटरफल स्क्रिन डिजाइनका माध्यमबाट ओपोले आफ्ना उपभोक्तालाई अदृत्तीय दृश्यानुभुति र अभूतपूर्व सौन्दयानुभव प्रदान गर्ने उद्देश्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .