ad ad

कारोबार


नेपाल एयरलाइन्सले किन अनलाइन टिकट सेवा सुरु गर्दैन? यसो भन्छन् महाप्रबन्धक पौडेल

नेपाल एयरलाइन्सले किन अनलाइन टिकट सेवा सुरु गर्दैन? यसो भन्छन् महाप्रबन्धक पौडेल

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १०:२६,

डिजिटल युगमा समेत नेपाल एयरलायन्सको टिकट लिनको लागि नेपाल वायुसेवा निगमको कार्यालय जानुपर्ने बाध्यता रहेको छ।

सरकारी स्वामित्व भएको नेपाल एयरलाइन्सले निजी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा तथा यात्रुको सुविधाको लागि अनलाइन सेवा सुचारु गर्न सुझाव दिँदा समेत पूर्णरुपमा अनलाइन सेवा सुचारु गर्नसकेको छैन।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले पुरानो प्रविधिका कारण पूर्णरुपमा अनलाइन सेवा सुरु गर्न नसकेको बताएका छन्।

‘नेपाल एयरलाइन्सले अहिले प्रयोग गरिरहेको प्रविधि प्रणाली करिब ३० वर्ष पुरानो हो। जुन ‘सिस्टम’बाट अनलाइन ‘टिकटिङ्ग’ पूर्ण रुपमा सम्पादन गर्न सकिँदैन। यो ‘सिस्टम’ २० वर्षको अग्रिम भुक्तानी दिएर खरिद गरिएको रहेछ’, पौडेल भन्छन्, ‘त्यसैले सिस्टम परिवर्तन गर्दा नेपाल एयरलाइन्सलाई ठूलो रकम नोक्सान पर्न जाने भएकोले यसलाई क्रमशः विस्थापन गरेर ६ महिनामा पूर्णरुपमा नयाँ सफ्टवेयर राख्ने योजना बनाएका छौँ।’

उनले ६ महिनामा तयार हुने नयाँ नयाँ सफ्टवेयरमा अनलाइन टिकटिङ्ग, मोबाइल एप, मोबाइल पेमेन्ट, इ–कमर्सलगायतका नयाँ फिचरहरु थपिने जनाएका छन्।

नवनियुक्त महाप्रबन्धक पौडेलले राष्ट्रिय ध्वजावाहक विमान सेवालाई प्रभावकारी बनाउने अभियानमा जुटिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .