प्रभु बैंक लिमिटेडले आजदेखि नवलपुर ९नवलपरासीपूर्व० जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो २११औं शाखा खोली सञ्चालनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ। प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ।
6
Shares
प्रतिक्रिया