नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराई मधेश द्रुतमार्गका लागि ४३ कम्पनीको बोलपत्र परेको जंगी अड्डाले जनाएको छ।
प्याकेज १ र २ को लागि आव्हान गरिएको प्रि क्वालिफिकेसन सम्बन्धी बोलपत्रको खोलुवा प्रकृयामा उल्लेखनीय सहभागिता देखिएको छ।
नेपाली सेनाका अनुसार प्लानिङ, डिजाइन, इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन एण्ड कमिसनिङ अफ ट्वीन डबल लेन स्ट्यान्डर्ड एक्प्रेसवे टनेल, ब्रिज एण्ड एक्सप्रेसवे वर्क्स इन इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) को छोक्रेडांडादेखि धेद्रेखोलासम्मको लागि कूल २१ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेका छन् भने धेद्रेखोलादेखि लेनडांडासम्मको कार्यका लागि कूल २२ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेका छन्।
अब मूल्यांकन समितिले बोलपत्रहरुको मूल्यांकनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनीहरुलाई सूचिकृत गर्ने सेनाले जनाएको छ।
प्रतिक्रिया