ad ad

कारोबार


बिध ल्याबबाट कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा ७ प्रतिशतसम्म छुट

बिध ल्याबबाट कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा ७ प्रतिशतसम्म छुट

नेपालखबर
भदौ २४, २०७७ बुधबार ७:४०,

विध म्यानेजमेन्ट प्रालिले विभिन्न अनलाइन प्रणालीबाट कोरोना परीक्षण शुल्क तिर्दा आकर्षक छुटको व्यवस्था गरेको छ।

सरकारबाट मान्यता लिएर दैनिक कोरोना परीक्षण गराउँदै आएको यस ल्याबबाट परीक्षण गराउँदा तिर्नपर्ने शुल्क विभिन्न बैंकको अनलाइन भुक्तानिमार्फत गराउँदा ७ प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको हो।

सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा परीक्षण गराउँदै आएको यस ल्याबमा कोरोना परीक्षण शुल्क ४ हजार तोकिएको छ। यसअघि नै अनलाइन भुक्तानीमार्फत २ सय छुट दिइएको थियो। आइएमी पे, एनआइसी एसिया बैंक, सानिमा बैंक, सिभिल बैंक, माच्छापुच्छ्रे बैंकलगायतका बैंकहरुमार्फत अनलाइनबाटै भुक्तानी गर्दा ७ प्रतिशत छुटको व्यवस्था मिलाइएको विधले जनाएको छ।

पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलिनसक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको बिध ल्याबका सञ्चालक विके भण्डारीले बताए।

ल्याबले दैनिक ४ हजारभन्दा बढी कोभिड परीक्षण गर्न सक्छ। १३ साउनदेखि सरकारबाट मान्यता लिएर सञ्चालनमा आएको विधले छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको छ। ल्याब ललितपुरको कुपण्डोलमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .