ad ad

कारोबार


गोर्खाली गाथाको फिल्मगोर्खा बिनिथ द ब्रेभरीको प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

गोर्खाली गाथाको फिल्मगोर्खा बिनिथ द ब्रेभरीको प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १२:२५,

बेलायतको प्रतिष्ठित वीरता पुरस्कार भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खाली स्व.सर्जेन्ट कुलवीर थापाको जीवनगाथामा आधारित चलचित्र गोर्खा बिनिथ द ब्रेभरीको प्रवर्द्धनमा खुकुरी रमले सहकार्य गरेको छ।

यस फिल्मको निर्माण एसएचवाइ प्रोडक्सनले गरेको हो र चलचित्रको निर्देशन एवं लेखन पुरस्कार विजेता निर्देशक प्रदीप शाहीको रहेको छ। चलचित्रको विशेष शो गएको जुलाई महिनामा बेलायत र नेपालमा एकसाथ गर्ने तय गरिएको थियो तर कोभिड–१९ को कारण हाललाई प्रदर्शनीको मिति पछि सारिएको छ। यो सहकार्यबाट खुकुरी रमले गोर्खालीहरुको बहादुरी, करुणा र मित्रतालाई अझ प्रकाश पार्न मद्दत पुग्ने अपेक्षा गरेको छ।

‘नेपालको खुकुरी विश्वभर वीरताको प्रतीक मानिन्छ र यही खुकुरी गोर्खालीको शान बन्दै आएको छ। नेपालीको परम्परा बनेको खुकुरीजस्तै खुकुरी रम पनि नेपालको मौलिक एवं परम्परागत स्वादका लागि विश्वका कतिपय देशहरुमा परिचित छ। यो एउटा संयोग नै हो कि साहसीको प्रतीक खुकुरी रम वीरगाथाको कथामा आधारित चलचित्रसँग जोडिन गएको छ, र यो सहकार्यले दुवै पक्षको आकर्षणमा वृद्धि हुने विश्वास लिएको छु’, खुकुरी रमका निर्माता नेपाल डिस्टिलरिजका कार्यकारी प्रमुख कृष्ण कुमार चुरिवालाले भने।

खुकुरी रमले प्रवर्द्धन कार्यमा सहयोग पु¥याएकोमा आभार व्यक्त गर्दै चलचित्रका निर्देशक एवं लेखक प्रदीप शाहीले भने, ‘गोर्खा बिनिथ द ब्रेभरी एक मनोवैज्ञानीक युद्धको चलचित्र हो जुन स्व. सर्जेन्ट कुलवीर थापा भीसीको वास्तविक कथामा आधारित छ।’

उनका अनुसार गोर्खा–गाथालाई फिल्मीकरणको ढाँचामा ल्याउने लक्ष्य लिएर पहिलो यसप्रकारको ऐतिहासिक चलचित्र निर्माण गरिएको हो।

उनले भने, ‘यद्यपि यो यसको मुटु भए पनि यो चलचित्र हाम्रा पुर्खाहरुप्रतिको एक समर्पण हो जसले विश्वव्यापी रुपमा बहादुरी तथावफादारीको विरासत कायम गरेका छन् र हाम्रो उज्ज्वल भविष्यको लागि त्यति धेरै त्याग गरेका छन्। अन्य कुनै पनि व्यावसायिक चलचित्रभन्दा भिन्नतवरले हामीले चलचित्र निर्माणका लागि आवश्यक वित्तीय व्यवस्था जोहो गरेका छौँ।’

यस कार्यमा गोर्खालीको कथा विश्वभर फैलाउन लालायित रहेका र त्यसमा गर्व महसुस गर्ने धेरै जना व्यक्तिहरुका साथै खुकुरी रमजस्तो उदार प्रायोजकको पनि सहयोग प्राप्त भएकोमा उनले खुसी व्यक्त गरे।

साथसाथै, खुकुरी रमले प्रवासी नेपालीहरुमाझ विश्वभर गरिने प्रिमियरको लागि पनि सघाउने जानकारी पनि निर्देशक प्रदीप शाहीले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .