ad ad

कारोबार


हुवावे फाइभजीले पास गर्‍यो जीएसएमए नेटवर्क इकुप्मेन्ट सेक्युरिटी असुरेन्स स्किम

हुवावे फाइभजीले पास गर्‍यो जीएसएमए नेटवर्क इकुप्मेन्ट सेक्युरिटी असुरेन्स स्किम

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १२:९,

हुवावेको फाइभजी वायरलेस र कोर नेटवर्क उपकरण र एलटीई इनोडबीले जीएसएमए नेटवर्क इक्विप्मेन्ट सेक्युरिटी असुरेन्स स्किम पास गरेको छ।

कम्पनीका अनुसार जीएसएमए नेसासले टेलिकम नेटवर्क उपकरणमा उद्योगको विश्वासलाई बढावा दिन्छ। यसले उद्योगको लागि व्यावहारिक छनौट बनाउँछ र सबै क्षेत्रीय बजारहरूको लागि महत्त्वपूर्ण विचार बनाउँछ, जसले संयुक्त रूपमा थप व्यवस्थित मोबाइल सञ्चार बजारको विकासलाई प्रोत्साहित गर्दछ।

नेसास एक मानकीकृत साइबर सुरक्षा आँकलन गर्ने तरिका हो, जसलाई जीएसएमए र थ्रिजीपीपीले प्रमुख वैश्विक अपरेटरहरू, बिक्रेताहरू, उद्योग साझेदारहरू र नियामकहरूसँग संयुक्त रूपमा परिभाषित गरेको हो। यसले मोबाइल उद्योगभर सुरक्षाको स्तर सुधार गर्न एक उद्योगव्यापी सुरक्षा आश्वासनका रूपरेखा प्रदान गर्दछ।

यो एक स्वैच्छिक योजना हो, जसमार्फत नेटवर्क उपकरण बिक्रेताहरूले उनीहरूको उत्पादनको विकास र जीवनचक्र प्रक्रियालाई विस्तृत सुरक्षा अडिटको अधीनमा राख्छ, जुन वर्तमान सक्रिय नेसास रिलिजर यसको सुरक्षा आवश्यकताहरूमा आधारित छ। नेसास आँकलनको सारांश स्वतन्त्र अडिट रिपोर्ट यहाँ (यहाँ क्लिक गर्नुहोस्) पाउन सकिन्छ।

उद्योगमा व्यापक रूपले स्वीकार गरिएको जीएसएमए नेसासले उक्त उपकरणहरूले स्किमअनुसारको फाइभजी नेटवर्क सुरक्षा र विश्वसनीयता आवश्यकताहरू पूरा गरेको सुनिश्चित गर्दछ। एकीकृत मूल्यांकन प्रक्रियाले खण्डित मूल्यांकन र तिनीहरूको परिणामहरूलाई बेवास्ता गर्दछ भने दृश्य र मापन परिणामको माध्यमबाट उद्योगमा सुरक्षा संरक्षण स्तरहरूको पारदर्शिता सुधार गर्दछ।

नेसासले २० मूल्यांकन कोटाहरू ओगटेको छ, जसले फाइभजी उत्पादन विकास र उत्पादन लाइफ साइकल प्रक्रियाहरूको लागि सुरक्षा आवश्यकता र मूल्यांकन फ्रेमवर्कहरू परिभाषितगर्दछ। साथै यसले नेटवर्क उपकरणहरूको सुरक्षा आँकलन गर्न थ्रिजीपीपीद्वारा परिभाषित सुरक्षा परीक्षण केसहरू प्रयोग गर्दछ।

‘जीएसएमए नेसास मोबाइल सञ्चारको नेटवर्क सुरक्षा आँकलन गर्ने नयाँ विधि हो। यस फाइभजी युगमा, नेसासले एक मानकीकृत र प्रभावकारी साइबर सुरक्षा मूल्यांकन प्रदान गर्दछ, जसले सञ्चार उद्योगलाई निष्पक्षता सुनिश्चित गर्दछ। सो मूल्यांकन पनि सरोकारवालाहरुजस्तै अपरेटरहरू, उपकरण बिक्रेताहरू, सरकारी नियामकहरू र अनुप्रयोग सेवाप्रदायकहरूको लागि एक महत्वपूर्ण सन्दर्भ हो। हुवावेले जहिले पनि टेक्नोलोजीद्वारा सञ्चालित साइबर सुरक्षामा ध्यान केन्द्रित गरेको छ। हामी नेसासलाई पूर्ण समर्थन र सहयोगका साथ स्वागत गर्दछौँ। हामी सम्पूर्ण उद्योगलाई संयुक्त रुपमा मोबाइल सञ्चार बजारको विकासको प्रचार गर्नका लागि आमन्त्रित गर्दछौँ’, फाइभजी ई२ई साइबर सेक्युरिटी मार्केटिङ, हुवावेका प्रमुख डेविन डुआनले भने।

हुवावेका लागि साइबर सुरक्षा आश्वासन हुवावे, ग्राहकहरू, सुपरिवेक्षण अधिकारीहरू र अन्य सरोकारवालाहरूबीच साझा लक्ष्य भएको उनले बताए। उनका अनुसार साइबर सुरक्षामा विश्वास एक प्रमुख वैश्विक चिन्ताको विषय भएको छ किनकि विश्व डिजिटल हुँदै गएको छ।

हुवावेले जीएसएमए र थ्रिजीपीपीलाई विश्वव्यापी मापदण्डकृत सुरक्षा मूल्यांकनको विकास गर्न समर्थन गर्दछ। जुन एक ठूलो रूपमा उद्योग सहमतिका रूपमा स्वीकार गरिएको सोच हो। नेसासले यो अवधारणालाई बढावा दिन्छ र त्यस्तै हुवावेले उद्योगलाई व्यापक रूपमा नेसासलाई अपनाउन आग्रह गर्दछ।

जीएसएमए नेसास पास गर्नुअघि, हुवावेले चीनको आईएमटी–२०२० (फाइभजी) प्रमोशन समूहले फाइभजी साइबर सुरक्षा परीक्षण पनि पास गरेको छ। यी परीक्षण विशिष्टताहरु फाइभजी सुरक्षा आश्वासनका लागि थ्रिजीपीपी अन्तर्राष्ट्रिय मापदण्डहरूमा आधारित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .