ad ad

कारोबार


फेरि १ लाख नाघ्यो सुनको मूल्य

फेरि १ लाख नाघ्यो सुनको मूल्य

नेपालखबर
भदौ २, २०७७ मंगलबार ६:११,

सुनको मूल्य फेरि आकाशिएको छ।

गत हप्ता १ लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुन ९५ हजारसम्म घटेको थियो। मंगलबार फेरि बढेर एक लाख नाघेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३ सय ८० रुपैयाँ मूल्य कायम भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .