ad ad

कारोबार


सेलपेद्वारा ‘सामसङ ग्यालेक्सी एस२०’ को विजेता घोषणा

सेलपेद्वारा ‘सामसङ ग्यालेक्सी एस२०’ को विजेता घोषणा

नेपालखबर
साउन १, २०७७ बिहिबार १५:३२,

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ल्याएको योजना ‘दिस २०२० गेट सामसङ ग्यालेक्सी एस२०’ अन्तर्गत लक्की ड्र मार्फत ‘सामसङ ग्यालेक्सी एस२० प्लस’ जित्ने भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ।

यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु.२० को कुनै पनि कारोबार जस्तै रिचार्ज, युटिलिटी पेमेन्ट, पीटुपी फन्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानी बाहेक) गरे पश्चात एउटा युनिक कोड नं. पाएका थिए र सोही युनिक कोड नं. हरुबाट लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले एउटा नयाँ ‘सामसङ ग्यालेक्सी एस२० प्लस’ जित्ने मौका पाएका छन्।

यसका साथै हरेक हप्ता ७ जना ग्राहकहरुका दरले जम्मा ३५ जना भाग्यशाली ग्राहकहरुले पनि ‘पेलेस, एड्रेस लङ, इनरगिजर र एक्स–एज’ बाट विभिन्न उपहारहरु पाएका थिए।

‘दिस २०२० गेट सामसङ ग्यालेक्सी एस२०’ योजनाको विजेताको घोषणा २०७७ श्रावण १ गते बिहीबार सेलपेको आधिकरिक फेसबुक पेजमार्फत भएको ‘सेलपे गफ(गाफ मह जोडीसँग’ को कार्यक्रमबाट लाइभ लक्की ड्र मार्फत गरिएको थियो।

सो कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यद्वारा गरिएको लक्की ड्र मार्फत युनिक कोड नं. १९६१६८ भएको सुजन काकी ‘सामसङ ग्यालेक्सी एस२० प्लस’ को विजेता भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .