ad ad

कारोबार


तरलता थुप्रिएपछि बैंकहरुको ब्याजदरमा रहेको ‘भद्र सहमति’ खारेज

तरलता थुप्रिएपछि बैंकहरुको ब्याजदरमा रहेको ‘भद्र सहमति’ खारेज

नेपालखबर
असार २९, २०७७ सोमबार १०:५६,

बैंकमा अधिक तरलता थुप्रिएपछि वाणिजय बैंकहरुमा रहेको भद्र सहमति खारेज भएको छ। वाणिज्य बैंकहरुको सीईओहरुको संस्था नेपाल बैंकर्स संघमा भएको निक्षेप ब्याजदर सीमासम्बन्धी दुई वर्षदेखि कायम सहमति साउन १ गतेदेखि लागू हुने गरी खारेज भएको हो।

अहिले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत छ। सर्वसाधारण मुद्दतीको साढे ८ प्रतिशत र बचतको साढे ५ प्रतिशत छ। तर साउन १ गतेदेखि भने बैंकहरुले आफूले चाहेअनुसार न्यूनतम ब्याजदर निर्धारण गर्न सक्नेछन्।

अहिले बैंकमा १ खर्ब ६६ अर्ब अधिक तरलता रहेको छ। लकडाउनको समयमा कर्जाको माग एकदमै कम भएको नेपाल राष्ट्र बैंकले समेत जानकारी गराएको छ। जसअनुसार ब्याजदरको भद्र सहमति अहिलेलाई तोडिएको नेपाल बैकर्स संघले जनाकारी गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .