ad ad

कारोबार


सेयरबजारमा अर्ब बढीको कारोबार, ३८ अंकले बढ्यो नेप्से

सेयरबजारमा अर्ब बढीको कारोबार, ३८ अंकले बढ्यो नेप्से

नेपालखबर
असार २३, २०७७ मंगलबार १०:३,

सेयरबजारमा आज अर्बभन्दा बढीको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार परिसूचक नेप्से ३७.९३ अंकले र ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ६.७१ अंकले बढेको हो।

आज १ सय ७८ कम्पनीको २८ लाख ८३ हजार ९ सय ४८ कित्ता सेयर बिक्री हुँदा १ अर्ब २१ करोडको कारोबार भएको हो। आज १८ हजार १ सय ४० पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ। कुल १२ समूहकै कारोबार सूचक हरियो हुँदा निर्जीवन बीमाको उच्च अंकले बढेको छ। त्यसपछि जीवन बीमा र होटलको पनि कारोबार सूचक बढेको छ।

कारोबारका हिसाबले आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ९ करोड १२ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ६० लाखको, हिमालयन डिस्टिलरीको ५ करोड ८६ लाखको, एनएमबी बैंकको ५ करोड ९ लाखको, छिमेक लघुवित्त वित्तीय संस्थाको ४ करोड २४ लाखको, एनआईसी एसिया बैंकको ३ करोड ७१ लाखको, शिवम् सिमेन्टको ३ करोड ६८ लाखको सेयर कारोबार भएको छ।

आज कमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सेयरधनी पहिलो नम्बरमा छन्। कम्पनीको सेयर १० प्रतिशतले बढेको हो। त्यस्तै, मञ्जुश्री फाइनान्स लिमिटेडका सेयरधनीले पनि कमाएका छन्। कम्पनीको पनि १० प्रतिशतले सेयर मूल्य बढेको छ। यसबाहेक नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र ओरेन्टल होटल्स लिमिटेडको पनि १० प्रतिशतले नै सेयर बढेको छ।

आज गुमाउनेमा भने खानीखोला हाइड्रोपावर कम्पनीका सेयरधनी पहिलो नम्बरमा छन्। उनीहरुले प्रतिकित्ता ३.८५ प्रतिशत गुमाएका छन्। त्यस्तै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थालगायतका सेयरधनीले पनि थोरै गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .