ad ad

कारोबार


७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य किन? यसो भन्छन् अर्थमन्त्री

७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य किन? यसो भन्छन् अर्थमन्त्री

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १०:५३,

नयाँ बजेटले अगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत कायम गरिने बताएको छ।

कोरोना संक्रमण नियन्त्रणमा नआइसकेको अवस्थामा ७ प्रतिशतको लक्ष्य महत्वाकांक्षी भएको भनाइहरु आइरहँदा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको औसत आर्थिक वृद्धिदर नै ७ प्रतिशतको रहेको बताएका हुन्।

बिहीबार बजेटभाषणपछि शुक्रबार आयोजित छलफलमा उनले कठिन परिस्थितिपछि अर्थतन्त्र एक्कासि सुधार हुने गरेको दाबी गर्दै विगतको केही वर्षदेखि ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हुने गरेकोले सोहीअनुसार वृद्धिदर लक्ष्य राखिएको बताए।

यदि कोरोना संक्रमणले यो परिस्थिति कायम नगरेको भए ९ प्रतिशतको आर्थिक वृद्धि हुने आँकलन गरिने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .