ad ad

कारोबार


चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड बजेट

चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड बजेट

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ११:३०,

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन गरेको छ।

बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन गरेको बताए।

मनत्री खतिवडाले वन सम्पदाको उपभोग गरी आय आर्जनको स्रोत बनाइने र समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने बताए।

सरकारले उपभोक्ताको सहभागितामा वृक्षारोपण र वातावरण संरक्षण गर्ने र वन नभएका ठाउँ वृक्षारोपण गर्नैपर्ने नीति तथा कार्यक्रम ल्याएको छ।

त्यस्तै कर्णाली र सुदुरपक्षिममा जडिबुटी प्रशोधन गरिने खालका कार्यक्रम ल्याउने मन्त्री खतिवडाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .