विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका र रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि आवश्यक रकमको व्यवस्था सरकारले गरेको छ।
अर्थमन्त्री खतिवडाका अनुसार संगठित क्षेत्रको श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि सरकारले व्यहोर्ने भएको छ।
सो रकम सम्बन्धित प्रतिष्ठानले तत्काल श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीको रुपमा प्राप्त गर्नसक्ने र व्यवसाय सहज भएपश्चात् कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने खतिवडाले बताए।
प्रतिक्रिया