कृषि तथा पशुपन्छी क्षेत्रको बजेट आगामी आर्थिक वर्षको लागि बढेको छ। चालू आर्थिक वर्षमा ३४ अर्ब ८० करोड रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षका लागि ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको हो।
स्थानीय तह तथा प्रदेशलाई दिने अनुदान वृद्धि गरि कृषि क्षेत्रको मल विउ उत्पादन तथा वितरण दिइने अनुदानको दायरा समेत अर्थमन्त्री युवराज खतिवडाले बढाएका हुन्।
प्रधानमन्त्री कृषि कार्यक्रमको पुनसंरचना गर्दै हरेक स्थानीय तहमा पकेट क्षेत्र, हरेक स्थानीय तहमा नर्सरी निर्माण जस्ता नयाँ कार्यक्रम कृषिमा सर्वजनिक भएको छ।
प्रतिक्रिया