ad ad

कारोबार


लकडाउनको तेस्रो हप्ताः सरकारसँग कुन खाद्यान्न कति मौज्दात?

लकडाउनको तेस्रो हप्ताः सरकारसँग कुन खाद्यान्न कति मौज्दात?

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ९:५२,

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यपदार्थको दैनिक मौज्दात नियमित रुपमा अद्यावधिक गरी अभाव देखिनासाथ सञ्चिति भएको अर्को स्थानबाट तुरुन्त ढुवानीको व्यवस्था गरेको जनाएको छ।

मन्त्रालयका अनुसार सबै जिल्ला प्रशासन कार्यालयले आआफ्नो जिल्लाको खाद्यान्न आवश्यकता, सञ्चितिको अवस्था र सम्भावित अभावको तथ्यांक संकलन गरिएको छ। त्यस्तै जिल्लागत उत्पादन, सञ्चिति, स्थानीय तहको वडास्तरसम्मको जनसंख्यासमेतको आधारमा खाद्यान्न बढी समस्या हुने सम्भावित स्थानमा आपूर्तिको व्यवस्था मिलाइएको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

हाल सरकारी र निजी क्षेत्रसँग १ लाख २५ हजार २ सय ९० मेट्रिक टन चामल, ७ हजार २ सय ९४ मेट्रिक टन चिनी, १ लाख ५८ हजार ९ सय ९० मेट्रिक टन नुन, १६ हजार ८१ मेट्रिक टन गेडागुडी र दाल एवं १६ हजार ८ सय ६८ मेट्रिक टन तेल मौज्दात रहेको मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। त्यसबाहेक उद्योगहरुसँग चामल ४ महिना, दलहन ३ महिना र तेलहन ३ महिनाको माग धान्नसक्ने मौज्दात रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पेट्रोलियम पदार्थको नियमित आपूर्ति भएको, खाना पकाउने ग्यास वितरणमा केही समस्या भए पनि समाधान भइसकेको र आधाको सट्टा पूरै सिलिन्डर ग्यास बिक्री सुरु भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .