ad ad

कारोबार


बजार अनुगमन र राहत सँगसँगै, २६ पसललाई १६ लाख जरिवाना तिराइयो

बजार अनुगमन र राहत सँगसँगै, २६ पसललाई १६ लाख जरिवाना तिराइयो

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १०:६,

सरकारले लकडाउन अवधिमा बजार अनुगमन र राहत वितरण सँगसँगै भइरहेको जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार दैनिक ज्यालादारीमा जीवनयापन गर्ने श्रमिक, असहाय, अतिविपन्न, विद्यार्थी, सुकुम्बसीलगायतलाई लकडाउन अवधिभर आवश्यक पर्ने सामग्री प्याकेज बनाई स्थानीय तहमार्फत वितरण गरिएको हो।

त्यसका लागि आवश्यक खाद्यान्न स्थानीय तहको मागअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेडले उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

शुक्रबार मन्त्रालयले दिएको जानकारीअनुसार यो अवधिमा १ हजार १ सय १३ मेट्रिक टन खाद्यान्न स्थानीय तहलाई उपलब्ध गराइसकिएको छ।

त्यस्तै मन्त्रालयमा सहसचिवहरु सम्मिलित आपत्कालीन आपूर्ति व्यवस्थापन कार्यदल बनाई आपूर्ति व्यवस्थापनका समस्याको समाधान गरिरहेको जनाइएको छ।

कालोबजारी रोक्न, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन अनुगमनमा पनि तीव्रता दिइएको मन्त्रालयले जनाएको छ। चैत महिनाभर १ सय ५७ वटा पसल, स्टोर, व्यवसायको अनुगमन गरी २६ वटामाथि १६ लाख २० हजार जरिवाना समेत गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .