नेशनल लाईफ इन्स्योरेन्स कं. लि. ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख प्रदान गरेको छ।
शुक्रबार कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई सो रकम चेक प्रदान गरेकी छन्।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कम्पनीको सञ्चालक समितिका सदस्य भवानी राणा, प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो।
कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ। यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ।
प्रतिक्रिया